विप्लवका कार्यकर्ताले गाडे चुडामणि शर्माको घरमा पार्टीको झण्डा !
काठमाडौं, २३ माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महार्देशक चुडामणि शर्माको निजी आवासमा पार्टीको झण्डा गाडेका छन् ।

काठमाडौं बुढानिलकण्ठस्थित शर्माको निवासमा नेकपाका कार्यकर्ताले मंगलबार ढुंगामुढा गर्दै गेटमा पार्टीको झण्डा समेत गाडेका छन् ।
कर निर्धारणमा अनियमितता गरेको आरोपमा शर्माविरुद्ध विशेष अदालतमा परेका मुद्दाहरु विचाराधीन अवस्थामा छ । अनियमितताको आरोप लागेसँगै उनी राजस्व विभागको महानिर्देशक पदबाट उनी निलम्बिन परेका छन् । तस्विर – कान्तिपुर


