अब काँग्रेस रुपान्तरण भई सांगठनिकरुपमा मजबुत बन्छ : प्रवक्ता विश्वप्रकाश शर्मा

विराटनगर, २४ माघ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेस अब रुपान्तरण भई सांगठनिकरुपमा मजबुत बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले काँग्रेसले निर्वाचनका बेला आफूले गरेका राम्रा कामबारे जनतालाई अवगत गराउन नसक्दा पराजय बेहोर्नपरेको उल्लेख गर्नुभयो ।

पार्टीभित्र देखिएका कमीकमजोरी हटाउनुपर्ने र प्रत्येक प्रदेश, जिल्ला र गाउँगाउँसम्म पार्टीलाई सांगठनिकरुपमा मजबुत बनाउनुपर्ने आवश्यकतालाई उहाँले औँल्याउनुभयो ।

उहाँका अनुसार नयाँ सरकार गठनलगत्तै पार्टी केन्द्रीय समितिको बैठक बस्नेछ र पार्टीको विधान संशोधनलगायतका विषयमा आवश्यक निर्णय लिन महासमितिको बैठक डाकिनेछ ।

वर्तमान सरकारले स्थानीय तहका साथै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै उहाँले पछिल्लो समयमा वृद्धभत्ताका लागि उमेर घटाउन जस्ता निर्णय जनहितमा रहेको दावी गर्नुभयो । पत्रकारको जिज्ञासामा उहाँले आपूm पार्टीको विधानअनुरुप नै पार्टी प्रवक्ता भएको पनि स्पष्ट पार्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।