भूत आतंक फैलाउनेलाई कारबाही, को-को परे प्रहरी फन्दामा ?

बैंकको ऋण तिर्न नसकेको बाहाना पार्ने भुत मान्छे लाई कारबाही गर

काठमाडौँ, २४ माघ । ललितपुरको टिकाथलीमा भूतको आतंक मच्चाउनेमाथि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ । भुत काण्ड’मा संलग्न रहेका अञ्जना उपाध्याय र ललिता चौधरीलाई प्रहरी कार्यालयमा बोलाएर प्रहरीले घटनाबारे बयान लिएको हो । उनीहरुसँग बयान लिने क्रम जारी रहेको सातदोबाटो प्रहरी वृत्तले जनाएको छ ।

घटनामा संलग्न रहेका र उनीहरुका परिवारहरुसँग पनि यसबारे सोधपुछ भइरहेको सातदोबाटो प्रहरी प्रमुख विनोद सिलवालले जानकारी दिए । उनीहरुलाई मंगलबार बेलुका प्रहरीले कार्यालयमा झिकाएको थियो ।

‘घटनाबारे मंगलबार बेलुकाबाट सोधपुछ भइरहेको छ’ सिलवालले भने, ‘आज बुधबार पनि हामीले घटनामा संलग्न रहेका र उनीहरुका परिवारहरुसँग सोधपुछको क्रमलाई जारी राखेका छौँ । के भएको हो ? साँच्चिकै भूतले तर्साएको हो या होइन भन्ने बारे सोधपुछ भइरहेको छ ।’ उनीहरुसँग बयान लिइसकेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा मुद्दा अघि बढ्ने सिलवालले बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रमुख, डीआइजी पुष्कर कार्कीले भूतकाण्डको सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही अगाडि बढाउन निर्देशन दिएका थिए । सोही बमोजिम प्रहरीले एक्शन लिएको हो । चर्चामा आउनका लागि उनीहरुले भूत आतंक मच्चाएको पुष्टि भइसकेको छ ।

https://youtu.be/iSe9FIhk-vI



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।