ट्यांकर त्रिशूलीमा खस्दा दुईको मृत्यु

रत्ननगर, चितवन, २५ माघ । चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा आज बिहान ट्रकसँग ठोक्किएर एउटा दूध ट्यांकर त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्यांकरका चालक नवलपरासी कोल्हुवाका ३० वर्षीय सन्तबहादुर कुमाल र उनका भतिजा २२ वर्षीय लिलाकुमाल रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनबाट पोखरातर्फ जाँदै गरेको बा४ ख ६९५३ नम्बर दूधको ट्यांकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मृतक दुवै जनाको शव पानीबाट निकालिएको छ । बिहान करिब ५ः५५ बजेको समयमा उक्त दुर्घटना भएको हो ।

अहिले घटनास्थलमा उद्धारका लागि प्रहरीटोली परिचालन गरिएको छ । सशस्त्र जनपद प्रहरीले उद्धारको काम गरिरहेका छन् । घटनास्थल नारायणगढबाट १६ किमी मुग्लिनतर्फ पर्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।