स्थानीय तह निर्वाचन हारेका यी नेताको राष्ट्रिय सभामा चम्कियो भाग्य

सुर्खेत, २५ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कालिकोटका नरपति लुहार विजयी भएका छन् । उनी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा रास्कोट नगरपालिका ८ को वडा सदस्यमा पराजित भएका थिए ।

माओवादी केन्द्रका उम्मेदवारसँग ४ मत अन्तरले पराजित लुहारले राष्ट्रिय सभा निर्वाचनमा ३ हजार ६ सय ६६ मतभार प्राप्त गरे । ०४७ सालमा एमालेमा आबद्ध उनी हाल जिल्ला कमिटीको सचिवालय सदस्य हुन् । ०४४ सालमा उपप्रधानपञ्च, ०५४ सालमा एमालेबाट तत्कालीन फुकोट गाविसको वडाध्यक्ष निर्वाचितभएका थिए । कान्तिपुर दैनिकले खबर छापेको छ ।

सशस्त्र द्वन्द्वकालमा ८ वर्ष भारत निर्वासित भएका उनी शान्ति स्थापनापछि भारतबाट फर्केर एमालेको राजनीतिसँगै जातीय विभेदविरुद्ध सामाजिक गतिविधिमा संलग्न रहे ।

राष्ट्रिय सभामा विजयी भएपछि लुहारले जातीय विभेदको चपेटमा परेको दलित समुदायको पक्षमा निरन्तर आवाज उठाउने प्रतिक्रिया दिए । ‘म दलित हुँ । मेरो समुदायले भोगेको पीडा मजति अरूलाई थाहा छैन’, उनले भने, ‘राष्ट्रिय सभामा पुगेको छु । सिंगो दलित, उत्पीडित समुदायको हकहितमै आफ्नो समय खर्चिन्छु ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।