निर्वाचन आयोगले समानुपातिकमा दलहरुले पाएको सिट संख्या तोक्यो, ८४ महिला अनिवार्य हुनुपर्ने

काठमाडौं, २६ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फ दलहरुले पाएको सिट संख्या तोकेको छ । आयोगले आफूले पाएको सिटमा कति महिला प्रतिनिधित्व अनिवार्य हुनुपर्छ भन्नेसमेत तोकेर दलहरुलाई पत्र पठाएको छ ।

प्रतिनिधिसभाको समानुपातिकमा भाग लिएका ४९ दलमध्ये ५ दलले मात्र सिट प्राप्त गरेका छन् ।

आयोगका अनुसार सबैभन्दा धेरै मत एमालेले ३१ लाख ७३ हजार ४९४ अर्थात ३३.२५ प्रतिशत पाएको छ भने सबैभन्दा कम हाम्रो पार्टीले ४२६ मत प्राप्त गरेको छ ।

तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलले मात्र समानुपातिक सिट पाउने संवैधानिक व्यवस्था छ । त्यस अनुसार समानुपातिकको ११० सिटमध्ये एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र फोरमले ६/६ सिट पाएका छन् ।

८४ महिला अनिवार्य:

संविधानको धारा ८४ को उपधारा ८ मा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलबाट निर्वाचित कूल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ ।

प्रत्यक्ष र राष्ट्रियसभा सदस्यहरुबाट त्यो पूरा नभए समानुपातिकबाट पूर्ति गर्नुपर्छ ।

आयोगका अनुसार एमालेले ३७, कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र फोरमले ५ महिला प्रतिनिधित्व सुनिश्चित गर्नु पर्नेछ । यसो गर्दा एमालेले चार, कांग्रेसले २०, माओवादी र फोरमले एक-एक पुरुषलाई मात्र समानुपातिक सांसद बनाउन सक्नेछन् । राजपाले भने सबै महिला मात्र पठाउनुपर्नेछ ।

आयोगले माघ २९ गतेभित्र विजयी गरिने सांसदहरुको नाम बुझाउन दलहरुलाई आग्रह गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।