श्रीमती (भाउजु) भगाउने भाइको हत्या !
अर्घाखाँची, माघ २६ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ५, बागिखोलामा मजदुरी गर्ने एक जनाको हत्या भएको छ ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका वाड नम्बर ६ घर भई हाल सन्धिखर्कको बागिखोलामा मजदूरी गर्ने २२ वर्षीय प्रेम पासवानको आफ्नै दुई दाजुहरुको कुटपिटबाट मृत्यु भएको हो ।
कुटपिट गरी भाइको हत्या गर्ने दुई दाजुहरु २९ वर्षीय दयाशंकर पासवान र २३ वर्षीय कृष्ण पासवानलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिनुभयो ।
दाजु दयाशंकर पासवानकी श्रीमतीसँग मृतक प्रेम पासवानले ३ वर्षअघि बिहे गरेका थिए । त्यसै कारण झगडा भएको प्रहरीले बताएको छ ।


