नेता विमलेन्द्र निधिले भने,- अबको एक साताभित्रमा काँग्रेस सरकारबाट बाहिरिन्छ

काठमाडौँ, २८ माघ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले अबको एक साताभित्रमा काँग्रेस सरकारबाट बाहिरिने बताउनुभएको छ ।

नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको १०औँ केन्द्रीय महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै पूर्वगृहमन्त्री निधिले संघीय संसद्ले पूर्णता पाएसँगै काँग्रेसले सरकार छोड्ने बताउनुभयो ।

नेता निधिले पार्टीका तर्फबाट समानुपातिकतर्फ निर्वाचित हुनेको नाम निर्वाचन आयोगमा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले दुग्ध विकास संस्थान धरासायी बन्दै गएकाले संस्थानको दूध उत्पादन र वितरण प्रणालीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेता निधिले संघीय शासन व्यवस्थाले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।