जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो : ट्याङ्कर दुर्घटनामा चालकको मृत्यु

म्याग्दी, २८ माघ । बेनी–जोमसोम सडकखण्डअन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

दुर्घटनामा परी बेपत्ता भएकी रघुगंगा गाउँपालिका–१ की लिमाया पुर्जा मृत फेला परेपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो । उनलाई दुर्घटनास्थलदेखि करिब एक किलोमिटर तल राहुपारे नजिकैको झोलुङ्गे पुल छेउको कालीगण्डकी किनारमा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।

ग १ ज ५७६० नं को बोलेरो सडकबाट करिब १०० मिटर तल कालिगण्डकी नदीको किनारमा खसेर दुर्घटना भएको हो । पोखरादेखि बेग जाँदै गरेको सो जिपमा चालकसहित पाँच जना सवार रहेका थिए ।

ट्याङ्कर दुर्घटनामा चालकको मृत्यु

रसुवाको वेत्रावतीबाट मैलुङतर्फ जाँदै गरेको बा.२ ख ७४१६ नंं को ट्याङ्कर आइतबार मध्यान्ह्न उत्तरगया–५ खाल्टेमा दुर्घटना भई त्रिशूली नदीमा । दुर्घटनामा परेका गाडी चालक नुवाकोट विदुर–३ का नवराज श्रेष्ठ तीन घण्टापछि मृत अवस्थामा त्रिशूली नदीमा फेला परेको रसुवा प्रहरीले जनाएको छ । तस्वीर: रामहरि न्यौपाने, नुवाकोट, रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।