एमाले समानुपातिक सांसद: विद्यार्थी नेतृदेखि नेता पत्नीसम्म

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ। आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले टुंगो लगाएका नाममा नेता पत्नीदेखि विद्यार्थी नेतृसम्म छन्। एमालेले आज प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ प्राप्त ४१ स्थानका लागि नाम निर्वाचन आयोगमा बुझाएको छ।

एमाले चयन गरेका समानुपातिक सांसदमा चर्चित विद्यार्थी नेतृ रामकुमारी झाक्री (आदिवासी जनजाति/महिला), पूर्व सांसद शान्ता चौधरी (थारु/महिला), अनेरास्ववियु अध्यक्ष नविना लामा (आदिवासी जनजाति/महिला), युवा संघकी पूर्वअध्यक्ष निरुदेवी पाल (खसआर्य/महिला), थारुवान आन्दोलनकी नेतृ गंगा चौधरी (थारु/महिला)लाई समावेश गरिएको छ।

नेतापत्नी पनि सांसद

त्यसैगरी एमालेले ४ नेताका पत्नीलाई पनि सांसद बन्ने अवसर प्रदान गरेको छ। बर्दियाबाट चुनाव हारेका उपाध्यक्ष बामदेव गौतमकी पत्नी तुलसा थापा (आदिवासी जनजाति/महिला)ले यो अवसर पाएकी हुन्।

त्यस्तै, प्रदेश ५ का भावी मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलकी पत्नी सुजिता शाक्यलाई एमालेले आदिवासी जनजाति तथा महिला कोटामा सांसद बनाएको छ।

धनुषाका नेता एवं पूर्वमन्त्री रघुवीर महासेठकी पत्नी जुलीकुमारी महतोलाई पनि मधेसी/महिला कोटामा प्रतिनिधीसभा सदस्यका लागि सिफारिस गरिएको छ।

पार्टी केन्द्रीय कार्यालय सचिव एवं काठमाडौं ९ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य कृष्णगोपाल श्रेष्ठकी पत्नी विना श्रेष्ठ (आदिवासी जनजाति/महिला) पनि सिफारिसमा परेकी छन्।

एमालेले दासढुंगा दुर्घटनामा ज्यान गुमाएका जीवराज आश्रित पत्नी मायादेवी न्यौपाने (खसआर्य/महिला)लाई पनि समानुपातिकतर्फ सिफारिस गरेको छ। नागरिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।