भारतीय सेनाध्यक्ष विपीन रावत किन नेपाल आउँदैछन् ?

काठमाडौँ । भारतीय सेनाध्यक्ष विपीन रावत सोमबार नेपालको भ्रमणमा आउनुहुने भएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत नेपालको भ्रमणमा आउन लाग्नुभएको हो ।

नेपाल एकिकरणको २५० वर्षगाँठ मनाउने क्रममा आगामी फागुन १ गते आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विषेश अतिथिको रुपमा सहभागि हुन उहाँ नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

नेपाली सेना र भारतीय सेनाबीचको सम्बन्ध विगतदेखि नै निकट र प्रगाढ रही आएको छ । भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान दिने प्रचलन अनुसार नै रावतलाई २०७३ चैत १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महाराथीको सम्मान प्रदान गर्नुभएको थियो ।

उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्यत पुग्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयलद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय सेनाध्यक्ष रावत फागुन २ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।