मिलनबिन्दु खोज्न ओली र प्रचण्डबीच गोप्य बैठक सुरु
काठमाडौं, २९ माघ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबी बीच वान टू वान बैठक सुरु भएको छ।
ललितपुरको मानवभवनस्थित व्यवसायी शारदा अधिकारीको घरमा उनीहरुबीच बैठक सुरु भएको हो।
सरकार गठनको समय नजिकिदै गर्दा दुई नेताबीचको वार्ता बाक्लिएको हो। सरकार गठनका साथै पार्टी एकताको विषय टुंगो लगाउन दुई नेताबीच बैठक बस्न लागेको हो।
स्रोतका अनुसार अघिल्लो बैठकमा प्रचण्डले आफुलाई पार्टी अध्यक्ष नदिए पार्टी एकता नगर्न आफुलाई दबाब आएको बताएका थिए। सोही कुरा एमाले अध्यक्ष केपी ओलीले आइतबारको स्थायी कमिटि बैठकमा समेत सुनाएका थिए।
तर, प्रचण्डलाई अध्यक्ष नदिन ओलीलाई पनि पार्टी नेताहरुले दबाब दिदै आएका छन्। जसकारण एकताको प्रक्रिया लम्बिदै आएको छ। दुई नेताबीच मिलनबिन्दु खोज्न बैठक बसेको हो।


