उपेन्द्र यादव लाई ५१ किलोको माला

रौतहट । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले क्रान्तिको कोर्ष बदलिएको बताएका छन्। मधेसीले मधेस प्रदेश पाइसकेकाले अब थप अधिकारको लागि संघर्षको रुप परिवर्तन गरेर आर्थिक विकासमा केन्द्रित हुन उनले जोड दिए्।

प्राप्त अधिकारलाई संस्थागत गर्दै मधेस प्रदेशलाई समृद्ध बनाउन हरेकले अब आफ्नो क्षेत्रबाट जुट्नुपर्ने बताउँदै नेता यादवले गरिबी, बेरोजगारी तथा पिछडापनसित संघर्ष गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्।

रौतहटको गरुडा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटको सार्वजनिकीकरण र प्रथम नगर सभाको समापन गर्दै यादवले मानवीय सूचकांकलाई आधार मानी सबैभन्दा तल रहेको प्रदेशलाई केन्द्रले सबैभन्दा बढी बजेट दिनुपर्ने तर्क गरे।

मधेसमा कागजमा विकास गरेर होटलमा बसेर गिलाससहितै पिउने गरी बजेट सिध्याउने प्रवृत्तिप्रति कडा व्यंग्य गर्दै नेता यादवले लोकतन्त्रको नाउँमा भइरहेको लुटतन्त्र र भ्रष्टतन्त्रविरुद्ध नागरिक जागरुक हुनुपर्ने बताएका छन्। मधेसका जातीय विद्वेष र घृणा व्याप्त रहेकोले समाजको प्रगति हुन नसकेको बताउँदै नेता यादवले व्यक्तिको गुण र क्षमताको कदर गर्न आग्रह गरेका छन्।

कार्यक्रममा नगरपालिकाको तर्फबाट मेयर इन्नु राय यादव, उपमेयर रंगीलादेवी जयसवाल लगायतकाले नेता यादवलाई ५१ किलोको माला लगाएका छन्।

भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकता दिई बजेट विनियोजन गरिएको गरुडा नगरपालिकाका मेयर इन्नु राय यादवले ३९ करोड ७२ लाख ४३ हजार रुपैयाको आयव्यय सार्वजनिक गरेका छन्। नागरिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।