ढिलो-चाँडो प्रधानमन्त्री बन्छु : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु ढिलोचाँडो प्रधानमन्त्री बन्ने बताएका छन् । एमाले र माओवादीबीच केपी ओली र प्रचण्ड पालैपालो प्रधानमन्त्री बन्ने सहमति बनेको अनौपचारिक सूचना बाहिर आएका बेला प्रचण्डले आफु ढिलोचाँडो प्रधानमन्त्री बन्ने बताएका हुन् ।

‘केही समय अगाडि मात्रै चितवनका काँग्रेस नेताहरुले मलाई चाँडो प्रधानमन्त्री बनेर आउन भन्नुभएको छ । आमन्त्रण गर्नु भएको छ । तपाईंहरुलाई विश्वास र भरोसका लागि धन्यावाद छ । अझै टुंगिएको त छैन् । तर, ढिलोचाँडो छिटो प्रधानमन्त्री भएर आउछु ।’ प्रचण्डले चितवनको एक विद्यालयको कार्यक्रममा भने ।

प्रचण्डले थपे, ‘म तुरुन्तै प्रधानमन्त्री भए पनि वा अलि ढिला भएपनि तपाईंहरुकै साथमा रहनेछु ।’ । प्रचण्ड र ओलीवीच आज पार्टी एकताका विषयमा फेरि संवाद हुँदैछ ।

प्रचण्डले सो कार्यक्रममा नेपालको शान्ति सम्झौता, सेना समायोजन र संविधान निर्माण सफल उदारण भएको बताउँदै यदि विकसित मूलुकमा यस्तो भएको भए आफु र गिरिजाप्रसाद कोइरालाले नोवेल पुरस्कार पाउने पनि बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖