चट्याङ लागेर बैतडीमा २२ जना सैनिक घाइते, पाँचजनाको अवस्था गम्भीर

बैतडी, २ फागुन । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।

मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।” गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको सेनानी बानियाँले जानकारी दिनुभयो ।

बानियाँका अनुसार तालीममा रहेका सेनाका जवान एक्कासी चट्याङ लागेर घाइते भएका छन् । सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । गम्भीर घाइते पाँचजनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।