नवराज सिलवालविरुद्ध मुद्धा हाल्न कसैले नमानेपछि महान्यायाधिवक्ता नै अघि सरे

काठमाडौं, फागुन २ । पूर्व डिआईजी तथा एमालेका सांसद नवराज सिलवाललाई फसाउन कसैले साथ नदिएपछि महान्यायाधिवक्ता आफै अगाडी सरेका छन् । प्रहरी, सरकारी वकिल कार्यालय काठमाडौं लगायतका निकायले सिलवालविरुद्ध मुद्धा हाल्न कानुनले नदिने भन्दै पन्छिएपछि अन्तिम विकल्पका रुपमा महान्यायाधिवक्ता बसन्तराम भण्डारी आफैं अगाडी आएका हुन् ।

सरकार परिवर्तनको छाटकाट पाएका महान्यायाधिवक्ताले आज जसरी पनि मुद्धा हाल्छु भन्दै लागेको उनकै कार्यलय स्रोतले जानकारी दिएको छ । ‘आज पनि मुद्धा हालिन भने हामीहरु सबै फस्छौं, त्यसैले जसरी पनि हाल्नैपर्छ, नभए हाम्रो सबै राज खुल्छ, फाइल छिटो बनाऔं ।’ आज विहान कार्यालय पुगेका भण्डारीको भनाई उद्धत गर्दै स्रोतले भन्यो । तर, महान्यायाधिवक्ताकै कार्यालयका कर्मचारीले उनको भनाईमा आलटाल गरिरहेका छन् । कानुन सम्मत नै छैन, कसरी सहयोग गर्ने ति कर्मचारीले भने ।

महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले समेत मुद्दा दर्ता गर्न नमानेपछि कर्मचारीलाई प्रत्यायोजित अधिकार आफूले फिर्ता लिएरमात्र भण्डारीले मुद्दा दर्ता गर्न मिल्छ । यसअघि तत्कालिन महान्यायाधिवक्ता मुक्ति प्रधानले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको मुद्दामा कर्मचारीलाई दिएको अधिकार आफूले लिएको नजिर छ । सो प्रकरण सर्वोच्च अदालतमा समेत पुगेको थियो ।

कार्यसम्पादन मुल्याकंन किर्ते गरेको विषयमा छानविन गरी दोषीलाई कारवाही प्रक्रिया अगाडी बढाउनु भन्ने सर्वोच्चको आदेशपछि प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्यसचिव लोकदर्शन रेग्मी र प्रहरी प्रमुख प्रकाश अर्याल लागिरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।