प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै न्याय परिषदको कार्यालय घेराउ – भिडियो सहित

काठमाण्डौ, २ फागुन । कानुन व्यवसायीहरुले विवादमा तानिएका प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै न्याय परिषदको कार्यालय घेराउ गरेका छन । नागरिकता र शैक्षिक प्रमाण पत्र समेत फरक–फरक मितिमा लिएको आरोपमा मुछिएका प्रधानन्यायाधिश पराजुलीले तत्काल राजीनामा दिनु माग गर्दै कानुन व्यवसायीहरुले बुधबार बिहान पुल्चोकस्थित न्याय परिषदको कार्यालयमा एक घण्टा धर्ना दिएका हुन । न्यायालयको गरिमामाथिनै आँच आउने भएकाले विवादमा तानिएका प्रधानन्यायाधिश पराजुलीले तत्काल राजीनामा दिनुपर्ने माग गर्नु परेको अधिवक्ता युवराज बन्जाडेले जानकारी दिनु भयो ।

बुधबार न्यायपरिषदले जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतको रिक्त न्यायाधिश सिफारिस गर्न बैठक बस्ने कार्यसूचि थियो । समग्र न्यायालयकै बदनाम हुने छबी बनाएका प्रधानन्यायाधिशको अध्यक्षतामा बैठक बस्न नदिन पनि कानुन व्यवसायीहरुले न्याय परिषदको कार्यालयमा विहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा धर्ना दिएका हुन । उनीहरुले काम चलाउ अवस्थामा पुगेको सरकारलाई न्यायाधिश सिफारिस गर्ने अधिकार नरहेको दावी पनि गरेका छन ।

सरकार काम चलाउ अवस्थामा रहेका बेला न्यायाधिशहरु नियुक्ती गर्न नमिल्ने तर्क पनि कानुन व्यवसायीहरुको छ । अधिवक्ता कपिलदेव ढकालले विवादमा तानिएका प्रधानन्यायाधिश पराजुलीले न्यायालयको गरिमा धान्न नसक्ने भएकाले उनको अध्यक्षतामा कुनै पनि निर्णय हुन नदिन विरोध प्रर्दशनमा उत्रनु परेको स्पष्ट पार्नु भयो । कानुन व्यवसायीहरुले लगाइएको आरोपको संस्थागत खण्डन नगरेसम्म कुनै पनि निर्णय नगर्न पनि प्रधानन्यायाधिश पराजुलीको गम्भिर ध्यानाकर्षण गराएका छन ।

प्रधानन्यायाधिश पराजुलीमाथि ४ पटक नागरिकता लिएको तथा फरक–फरक मिति उल्लेख गरिएको शैक्षिक प्रमाण पत्र रहेको आरोप लगाइएको छ । त्यसको यथार्थ विवरण सर्वोच्च अदालतको ‘फुल कोर्ट’ले नदिएसम्म प्रधानन्यायाधिश पराजुली अध्यक्ष रहेको न्यायापरिषदले कुनै पनि निर्णय गर्न नमिल्ने कानुन व्यवसायीहरुको दावी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।