ओली–प्रचण्डको ‘वान टु वान वार्ता’ सकियो, दुवै पार्टीको आकस्मिक बैठक बस्दै
काठमाडौं, २ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको वान टु वान वार्ता सकिनासाथ एमाले र माओवादीका आकस्मिक बैठक बोलाइएको छ ।
मानभवनस्थित शारदाप्रसाद अधिकारीको निवासमा ओली र प्रचण्डबीचको वान टु वान वार्ता सकिनासाथ दुवै दलको बैठक बस्ने तयारी भइरहेको छ ।
एमाले स्थायी समितिको बैठक मानभवनस्थित सोहि घरमा बस्न लागेको छ भने माओवादी केन्द्रीय कार्यालयको बैठक प्रचण्ड निवासमा बस्न लागेको छ ।
दुई पार्टी बीचको एकता प्रक्रिया अन्तिम निश्कर्षमा पुगेकाले त्यसलाई दुई पार्टीबाट औपचारिक रुपमा अनुमोदन गर्न बैठक बोलाइएको हुनसक्ने स्रोतले वताएको छ ।
‘दुई पार्टी बीच एकताको कुरा मोटामोटि टुंगिएको छ, अव दुवै पार्टीले त्यसलाई औपचारिक अनुमोदन गरी पार्टी एकता घोषणा हुनसक्छ’ सम्वद्ध स्रोतले भन्यो, ‘त्यस्तो अवस्थामा एमाले र माओवादीको अलग पार्टीका हैसियतमा यो अन्तिम बैठक पनि हुनसक्छ ।’


