२० अर्ब बढी लागतको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति

काठमाडौँ, ३ फागुन | उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ ।

औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४ औँ बैठकले चीनको हाइड्रो चाइना कर्पोरेशनलाई सो जविद्युत उत्पादनका लागि स्वीकृति प्रदान गरेको हो ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ३ को उपदफा ३ अनुसार साविक रसुवाको स्याफ्रु, गुल्जुङ र गेल्टाङ गाविसमा पर्ने त्रिशूलीमा जलविद्युत् उत्पादनका लागि विदेशी लगानी माग भएकामा उक्त कंपनीको प्रस्ताब स्वीकृत गरिएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।