नेपालको राजनीतिका किंग मेकर ‘प्रचण्ड’ जस्ले बनाए यी ब्याक्तिलाई प्रधानमन्त्री !, ओली दोश्रो पटक !

काठमाडौं, ३ फागुन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेपाली राजनीतिका एक गतिशील र डाइनामीक नेता हुन् । राजनेताको रपमा स्थापित हुदै गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २०५२ सालमा शुरु भएको शसस्त्र जनयुद्धका कमाण्ड मात्रै होइन जनयुद्धलाई शान्तिमा रुपान्तरण गर्दै गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत बनेका नेता हुन् ।

२०६३ सालमा शान्ति वार्तामार्फत शान्ति प्रक्रियामा प्रवेश गरेयता प्रचण्ड नेपालको राजनीतिका किंग मेकर बनेका छन् । प्रचण्ड शान्ति वार्तामा आउँदा शान्ति सम्झौतामा हस्ताक्षर गरी मूलुकमा शाति स्थापना गर्ने कार्यको प्रमूख २ हस्ताक्षरकर्तामध्ये प्रचण्ड मात्रै एक जीवित नेता हुन् । उनका समकक्षी कांग्रेस सभापति गिरीजाप्रसाद कोइराला अहिले छैनन् । प्रचण्डले शान्ति वर्ता गरेकै कारण गिरीजाले अन्तिम पटक प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेका थिए ।

गिरीजाले प्रचण्डलाई अबको मूलुकको कार्यभार सम्हाल्नुपर्छ भनेका कुरा प्रचण्डले बारम्बार सम्झिरहन्छन् । गिरीजापछि नेपालको राजनीति प्रचण्डकै मियोमा घुमिरहेको देखिन्छ ।

प्रचण्ड आफू प्रधानमनत्री हुँदा राजनीतिको उच्च नैतिकता प्रदर्शन गर्दे प्रधानमन्त्री जस्तो पद परित्याग गर्ने नेता मात्रैमा सिमित भएनन् उनले निर्वाचनमा २ स्थानबाट पराजित भएका एमाले नेता माधव कुमार नेपाललाई संविधानसभाको सभासद बनाउने भूमिका खेले । पछि तीनै माधव नेपाल प्रचण्डको बहिर्गमनपछि नेपालको प्रधानमन्त्री बने ।

त्यसैगरी प्रचण्ड नेपालका नेताहरुलाई प्रधानमन्त्री बनाउने सक्षम नेताको रुपमा पनि परिचय बनाएका छन् । उनले अर्का एमाले नेता तथा तत्कालिन अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको प्रस्ताव गरे र बनाइछाडे । खनाल प्रचण्डको सहयोग र प्रस्ताव विना प्रधानमन्त्री बन्ने स्थिति थिएन ।

त्यसैगरी प्रचण्डको सहयोग र प्रस्तावमा प्रधानमन्त्री बन्ने अवसर पाएका अर्का नेता हुन् तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराई । उनी अहिले माओवादी परित्याग गरी नयाँ शत्ति नेपालको संयोजक बनेका छन् र अहिले गोर्खा क्षेत्र नं २ बाट सांसद बनेका छन् ।

प्रचण्डले प्रधानमन्त्री बनाएका अर्का नेता हुन् एमाले अध्यक्ष के पी शर्मा ओली ।

ओलीलाई प्रचण्डले आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएका थिए । अहिले पनि ओलीलाई प्रचण्डकै प्रस्तावमा प्रधानमन्त्री बन्न्े अवसर जुरेको छ । ओली र प्रचण्ड दुबै जना अहिले बाम गठबन्धनका प्रमूख नेताको रुपमा खडा भएका छन् । आज ओली दोश्रो पटक नेपालको सर्वोच्च पद प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् ।

त्यसैगरी प्रचण्डले प्रधानमन्त्री बनाएका अर्का पात्र वा नेता हुन् कांग्रेस सभापति शेर बहादुर देउवा । प्रचण्डले आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी प्रधानमन्त्रीबाट हटाएर फेरी आफ्नै प्रस्तावमा कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।