प्रधानमन्त्री भएकै दिन संसदलाई कडा निर्देशन दिँदै ओलीले भने,- आउने हाजिर लगाएर जाने होइन, बैठकमा भाग लिएर जनताका काममा ध्यान दिनुस्

कुनै पनि कार्यक्रममा दौरा सुरुवाल र साडी चोलो लगाएर उपस्थित हुन सांसदहरुलाई निर्देशन

काठमाडौं, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सहभागी हुने कुनै पनि कार्यक्रममा दौरा सुरुवाल र साडी चोलो लगाएर उपस्थित हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री नियुक्त भए पछि नेकपा एमालेको संसदिय दलको कार्यालयमा दलको नेता छान्न आयोजित बैठकमा सम्बोधन गर्दै यस्तो निर्देशन दिए । उनले साडी चोलो र दौरा सुरुवालले मर्यादित देखाउने भएकाले पोशाकमा ध्यान दिन आग्रह गरे । “राष्ट्रपति सहभागी हुने कार्यक्रममा सके दौरा सुरुवाल र साडी चोलो लगाउनुस् नसके मर्यादित पोषाक लगाउनुस्, ओलीले भने ।

नवनियुक्त प्रधानमन्त्री ओलीले सम्बोधन गर्दे स्वच्छता कायम राख्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । उनले सांसदहरुलाई आचरण लोकतान्त्रिक र पारदर्शी राख्न निर्देशन दिए । “ देशलाई विकास चाहिएको छ, समृद्धि चाहिएको छ उनले भने, हामिले नगरे कसले गर्छ । स्वच्छता कायम गर्नु हाम्रो पहिलो प्राथमिकता हो ।”

उनले भ्रष्टाचार निर्मुल गर्न र जनताको काममा ढिलाई नगर्न समेत सांसदहरुलाई निर्देशन दिएका छन् । “आउने हाजिर लगाएर जाने होइन, ओलीले सांसदहरुलाई निर्देशन दिंदै भने, बैठकमा भाग लिएर जनताका काममा ध्यान दिनुस् ।”

उनले वामगठबन्ध्न महाअभियानमा रहेको बताए । उनले यस विचमा थुप्रै चुनौती रहेको भन्दै त्यसको सामना गर्न आफुहरु तयार रहेको बताए । “चुनौतीहरु आउँछन् त्यसको सामना गर्छौ, उनले भने, हामी अब महाअभियानमा होमिएका छौं ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।