प्राविधिक कुराले एकता रोकिएको हो, केही दिनमा मिल्छ : प्रचण्ड

सिन्धुली, ३ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नै एमालेसँग पार्टी एकता हुने बताएका छन् ।

सिन्धुलीमा कृषि तथा वन विज्ञान विश्व विद्यालयको कृषि संकाय तर्फको दोस्रो आंगिक क्याम्पसको मरिण गाउँपालिकामा भनव शिलान्या गर्दै दाहालले केही दिन भित्र पार्टी एकता हुने दाबी गरेका हुन् ।

प्रचण्डले दुई पार्टी बीच धेरै कुरा मिलिसकेको भन्दै प्राविधिक कारणले मात्र एकता रोकिएको बताए ।

एमालेसँगको पार्टी एकता तत्कालका लागि टरेको भन्ने समाचारहरु सार्वजनिक भइरहेको बेला प्रचण्डले भने,‘दुई पार्टीबीच नेतृत्व लगायतका धेरै विषयमा कुरा मिलिसकेको छ । केही प्राविधिक कुरा बाँकी छन् अब केही दिनमानै मिल्छ ।’

जनताले ठूलो आशा र भरोसाका साथ वाम गठवन्धनलाई बहुमत दिएको भन्दै प्रचण्डले जनभावना अनुसारको काम वर्तमान गठवन्धनले गर्ने विश्वास दिलाए । उनले अनुसन्धानसहितको कृषि तथा अनुसन्धान केन्द्रको स्थापनालाई ओली नेतृत्वको सरकारले प्राथमिकतामा राख्नुपर्ने र त्यसका लागि आफूले सुझाव दिने उल्लेख गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖