प्रधानमन्त्री ओली जन्मिएको घर, कहा र कुन ठाऊ ? हेर्नुस यस्तो छ घर…

तेह्रथुम । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उहाँको जन्मथलो तेह्रथुमका स्थानीयले खुसीयाली मनाएका छन । एमाले संसदीय दलको नेताको रुपमा बिहीबार एमाले र माओवादी केन्द्रको समर्थनमा ओली प्रधानमन्त्री बन्नुभएको हो ।

ओली प्रधानमन्त्री भएपछि उहाँको जन्मथलो तेह्रथुममा ओलीको कार्यकाल सफलताको कामना सहित दीप प्रज्वलन गरिएको हो ।

ओलीको जन्मथलो आठराईसहित म्याङलुङ्ग, लालीगुराँस, छथरसहित तेह्रथुममा बिहीबार साँझ ओलीका शुभेच्छुकले दीप प्रज्वलन गरेका हुन् ।

तेह्रथुमको आठराई गाउँपालिका–४, साविक इवा गाविस वडा नम्बर २ तिनसल्लेमा जन्मनुभएका ओलीको जन्मघर र जग्गा अहिले पनि रहेको छ । तेह्रथुममा जन्मेर झापा झर्नुभएका ओलीले त्यो घरमा बाल्यकाल जीवन बिताउनुभएको थियो । बिक्री भएको ओलीको त्यो जन्मघर उहाँ पहिलो पटक प्रधानमन्त्री भएपछि पुनः आफैले लिनुभएको थियो । ओली नेपालको दोस्रो पटक प्रधानमन्त्री भैसक्नुभयो तर उहाँलाई हुर्काएको घर भने जस्ताको त्यस्तै रहेको छ ।

तह्रथुममा जन्मिएर कर्मथलो झापा बनाउनुभएका ओलीबाट तेह्रथुमबासीले निकै आशा गरेको भएपनि ओलीले आफ्नो जन्मथलो तेह्रथुमलाई वास्ता नगरेको स्थानीयको गुनासो रहेको छ । उज्यालो अनलाईन बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।