४५ मिनेटको बार्ता पछि पार्टी एकता निष्कर्शमा पुग्यो, भयो यस्तो सहमति…
काठमाडौं । वाम गठबन्धनका प्रमुख नेताबीच पार्टी एकतालाई निष्कर्शमा पु¥याउदै सरकार गठनलाई पुर्णता दिने सहमती भएको छ। प्रधानमन्त्री एवंम
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान करिब ४५ मिनेट भएको भेटवार्तामा सरकार गठनलाई पुर्णता दिने र पार्टी एकताका बाँकी बिषयमा सहमती जुटाउने छलफल भएको हो।
जिल्ला भ्रमणमा निस्कन लागेका माओवादी अध्यक्ष दाहालले शनिबार बिहान १० बजे प्रधानमन्त्री ओलीसंग एक्लै भेटवार्ता गरेका थिए। दुवै दलका प्रमुख नेताले भोली एकता संयोजन समितिको बैठक बोलाएर मिल्न बाँकी बिषयलाई टुङ्गो पु¥याउने सहमती गरेका छन्।
एमाले अध्यक्षका प्रेस संयोजक चेतन अधिकारीले भोली एकता संयोजन समितिको बैठक बसेर सरकारलाई पुर्णता दिने र एकतालाई निष्कर्शमा पु¥याउने सहमती बनेको बताए।
बैठकको समय र स्थान तय नभएपनि माओवादी अध्यक्ष दाहाल काठमाडौं फर्किए लगत्तै छलफल अघि बढ्नेछ। वाम गठबन्धनका प्रमुख दुई नेताले एकीकृत पार्टीको नेतृत्व र सरकारमा आलोपालोको सहमती गरेपनि एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्तमा गरेर एकता प्रक्रिया अड्किएको छ।
एमालेका शीर्ष नेताले एकीकृत पार्टीको सिद्धान्त जनताको बहुदलिय जनवाद राख्नै पर्ने अडान राखेपनि एकता प्रक्रियाको निर्णायक वार्ता निष्कर्श विहिन भएको थियो।
तत्काल एकता प्रक्रिया स्थगित भएपनि माओवादीको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भईसकेका छन्। एकता प्रक्रिया निष्कर्शमा नपुगेको भन्दै ओलीले नेतृत्व गरेको सरकारमा माओवादी केन्द्र सहभागि भएको छैन


