नेपाल–भारत सीमा नजिकै युवाको विभत्स हत्या

महोत्तरी । महोत्तरीको मटिहानी–८ मा शनिबार बिहान एक युवकको हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ ।

मटिहानी–७ का रमेश ठाकुरको शव मटिहानी बजार र बस्तीबीचमा रहेको खानेपानीको मूल गेटमा शव फेला परेको हो ।

मृतक ठाकुरको मटिहानी बजारमा शैलुन पसल छ । उनी शुक्रबार राति शैलुन बन्द गरेर घर जाँदै गर्दा घटना भएको प्रहरीले जनाएको छ ।

घटनास्थल नेपाल–भारत सीमा क्षेत्र १० गजाबाट २ सय मिटर उत्तरतिर पर्छ । भारतीय सीमा नजिक भएकाले घटनापछि अभियुक्तहरु भारत पसेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रहरी निरीक्षक बस्नेतले भने, ’हामीले अपराधी र घटनाको अनुसन्धान गरिरहेका छौं ।’ बस्नेतले ठाकुरको टाउकोमा रड वा ढुङ्गा प्रहार गरेर निर्मम हत्या गरिएको हुनसक्ने बताए ।

उनले भने, ’यो घटना हेर्दा केही समूहले टाउकोमा रड वा ढुङ्गा प्रहार गरेको देखिन्छ । टाउको फुटेको छ । गिदी निस्केको छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।