देउवाजी ! नआत्तिनुस, नडराऊनुस्, हामी अप्ठ्यारोमा पार्दैनौं : शेखर कोईराला

काठमाडौं। नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले महासमितीको बैठकबाट पार्टी सभापति तथा अन्य कोही पनि नेता डराउनु नपर्ने बताएका छन्।

बिराटनगरमा आयोजित नेपाल बिध्यार्थी संघको प्रदेश नं १ स्तरिय प्रशिक्षण कार्यक्रममा बोल्दै काँग्रेस नेता कोइरालाले विधानत बोलाउनु पर्ने भएपनि अहिलेसम्म नबोलाइएको महासमिति वैठकबाट सभापति लगायत कोहि पनि डराउनु नपर्ने बताए।

विधानत बोलाउनुपर्ने बैठक नबोलाइएको अवस्थामा पार्टीको महत्वपूर्ण मुद्धाहरुमा छलफल गर्न महासमिति वैठक बोलाउन कोइरालाले माग गरे।

आफूहरुलाई अप्ठ्यारो पार्न महासमिति वैठक बोलाउन लागिएको होकी भनेर सभापति शेर बहादुर देउवाजी आत्तिनु पर्दैन उनले भने। कोइरालाले थपे, ‘शेर बहादुर जी किन डराउनु भएको छ बुझ्न सकिएन।’

डा कोईरालाले सभापतीजीले महासमितीको बैठक बोलाउँछु भन्नुभएको लामो समय बितिसक्यो। बैठक बोलाउँन किन आलटाल गरिरहनुभएको छ बुझ्न सकेको छैन।

डा कोईरालाले जतिसक्दो छिटो महासमितीको बैठक मार्फत पार्टीको बिधान संशोधन गरेर अगाडी नबढे पार्टी समाप्तीको बाटोमा जाने चेतावनी दिए।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यहरू धनराज गुरुङ, चन्द्र भण्डारी, गुरूराज घिमिरे र प्रदिप पौडेलले काँग्रेस नेतृत्व असफल भइसकेको भन्दै पार्टी अब पुरानो ढर्राले चल्न नसक्ने बताए।

कार्यक्रममा नेविसंघका महामन्त्री कुन्दन काफ्ले लगायत विद्यार्थी नेताहरुले काँग्रेसलाई जनता बीचमा पुन स्थापित गर्न नेविसंघलाई सक्रिय गराउने अभियान अन्तर्गत आफूहरु देशव्यापी अभियानमा उत्रिएको बताए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।