नवराज सिलवाल बारे कानुनविद्हरुसँग ओलीले लिए परामर्श
काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद तथा पूर्वडीआईजी नवराज सिलवाल बारे कानुनविद्हरुसँग परामर्श लिएका छन् ।
प्रधानमन्त्री अाेलीले शनिबार केही कानूनविद्हरुलाई निवासमा बोलाएर सिलवालको केसको बारेमा के गर्न सकिन्छ भन्दै परामर्श लिएको ओली निकट उच्च स्रोतले जानकारी दिएको छ ।
ओलीको प्रधानमन्त्री भएकै दिन सिलवालले निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकाे कडा शब्दमा निन्दा गरेका थिए । उनले टिवटमार्फत भनेका थिए, ‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार एउटा अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले आज उन्मुक्ति पाएको छ ।’
ओली सुरुदेखि नै सिलवालको गर्दै आएका छन् । उनले डीआईजीहरुको कार्यसम्पादन मूल्यांकन रिपोर्टमा सिलवालले नभई सरकारले कीर्ते गरेको आरोप सम्म लगाएका थिए ।
सिलवालकाे खाेजी गर्न प्रहरीले इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गर्दा एमालेले त्यतिबेला प्रेस विज्ञप्ति निकाल्दै सिलवालविरुद्ध पूर्वाग्रह, प्रतिसोध र अतिरञ्जित तरिकाले नेपाल सरकारले लागाएको बताएकाे थियो ।


