प्राज्ञ पन्नाकाजी अमात्याको निधन

काठमाडौँ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) का कार्यकारी निर्देशक प्राध्यापक पन्नाकाजी अमात्याको ७१ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ ।

एक्कासी ज्वरो आउने र शिथिलता महसुस भएपछि नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका उनको छातिमा संक्रमण देखिएको थियो ।

निमोनियाले ग्रस्त भएका उनलाई सघन उपचारकक्षमा राखिएको थियो । अमात्य त्रिभुवन विश्वविद्यालयका राजनीतिकशास्त्रका प्राध्यापक थिए ।

त्रिविबाट सेवा निबृत्त भएपछि पनि उनी प्राज्ञिक कार्यमा सक्रिय थिए ।

अमेरिकामा उच्चशिक्षा हासिल गरेका अमात्य केपी ओली अघिल्लो पटक प्रधानमन्त्री रहँदा २०७३ बैशाखमा आइएफएको प्रमुख भएका थिए ।

तत्कालिन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले उनको नाम सिफारिस गरेका थिए । बानेश्वर निवासी अमात्यका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

दुवै छोरीहरु अमेरिकामा रहेकाले उनीहरु भोली बेलुका आइपुग्ने र साँझ आर्यघाटमा अन्त्यस्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।

राजनीतिक दलका धेरै नेताहरु र बरिष्ठ प्रशासकहरु उनलाई गुरुको रुपमा मान्छन् । उनको निधन पछि नर्भिकमा प्रशासक र राजनीतिज्ञहरु श्रद्धान्जली र समेवेदनका लागि आइपुगेका थिए ।

निर्धक्क बोल्ने उनी सरकारले बलियो बौद्धिक समूह बनाउनको लागि लगानी गर्नुपर्छ भन्ने मान्यता राख्थे । कान्तिपुर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।