न्यायालय विरुद्ध सडकबाट विरोध हुने अवस्था आउन दिन हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताएका छन् ।
नेकपा (एमाले) कानुन विभागले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायालय विरुद्ध सडकबाट विरोध हुने अवस्था आउन दिन नहुने वताएका हुन् ।
न्यायपालिकाका विषयमा सडकबाटै यति धेरै विरोध हुने कुरालाई सामान्य रुपमा लिन नहुने प्रधानमन्त्री ओलीको भनाई थियो । ‘न्याय दिने मान्छेले आफ्नो अगाडि के छ भनेर थाहा नपाओस् भनेर नै आँखमा पट्टी बाँधेर तराजु समाएको संकेत प्रयोग गरिएको हो,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘तर आँखामा पट्टी हैन पावर थपेर हेर्ने अवस्था बन्दा न्याय धुमिल हुन्छ ।’ न्यायालयको स्वच्छताबारे सहि बहस हुनु पर्ने भए पनि केही आग्रही वुद्धिजीवीहरुले संलग्नतालाई महत्व दिएकाले यो विषय ओझेल परेको वताए ।
प्रधानमन्त्री ओलीले देश राजीनितिक संघर्षबाट विकास र समृद्धितर्फ अगाडि बढेको पनि बताए । देशले सुदृढ र स्थायित्वसहितको सरकार पाएकोले अब लोकतान्त्रिक र शान्तिपूर्ण ढंगले अगाडि बढ्न सकिने प्रधानमन्त्री ओलीको भनाई थियो ।


