ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता हुँदै
काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ वार्ता भैरहेको छ ।

पार्टी एकता र सरकार विस्तारमा सहमति जुटाउन दुई शीर्ष नेताबीच भेटवार्ता भैरहेको हो ।
भक्तपुरको पुरानो ठिमीमा रहेको माओवादी समर्थित व्यवसायीको घरमा दुई नेता एक्लाएक्लै छलफल गरिरहेका छन् ।
एक हप्ता अघिदेखि नै दुई अध्यक्षले एक्लाएक्लै छलफल गरेपनि पार्टी एकताको विषय टुंगोमा पुग्न सकेको छैन ।
दुई पार्टीबीच प्याकेजमा नै सहमति गर्ने तयारी छ । पार्टी एकताको टुंगो नलागेसम्म माओवादी सरकारमा नजाने अडानमा छ ।


