मन्त्री बने लगत्तै लालबाबु पण्डितले थाले फोहोर उठाउन !
काठमाडौं, फागुन ६ जनसंख्या तथा बाताबरण मन्त्री लालबाबु पण्डित आफै फोहोर उठाउन थालेका छन ।

सर्वसाधरण नागरिकलाई आफ्नो घर र टोल सफा राख्नका लागि सन्देश दिन मन्त्री पण्डित आफै फोहोर उठाउने अभियानमा जुटेका हुन । मन्त्री पण्डितले आज काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को आलोकनगरका बासिन्दालाई आफै फोहोर उठाएर सफा बन्न सुझावसहित फोहोर उठाउने काम गरेका हुन ।

‘आफू बसेको ठाँउ आफै सफा गरौं, टोल सफा राखौं, बाताबरण स्वास्थ राख्न सफाई पहिलो प्राथमिकता हो, यस्मा तपाई हामी कोही नचुकौं,’ फोहोर उठाउने कामको थालनी गर्दे मन्त्री पण्डितले भने । उनी शनिवार पनि फोहोर उठाउने काममा जुटेका थिए ।
क्लिन काष्ठमण्डपका आयोजक केपी खनालसहितका युवाहरुले केही डस्ट्बिन आलोकनगर टोलमा राखेका छन । त्यसक्रममा चक्रपथ सफाई सम्योजक लोकबहादुर टण्डन, बाग्मती सफाईका किशोर सिं शाहीलगायतका बातावरणकर्मी समेत सहभागी थिए ।


