प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिदै उत्तर कोरियाले पठायो यस्तो सन्देश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तर कोरियाले समेत बधाई दिएको छ ।

मुलुकको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई संसारकै सबैभन्दा बढी चर्चामा रहेको उत्तर कोरियाले बधाई तथा कार्यसफलताको शुभकामना दिएको हो । उत्तर कोरियाली प्रधानमन्त्री पाक पोङ जुले प्रधानमन्त्री ओलीलाई बधाई सन्देश पठाएका छन् ।

सन्देशमा दुई देशका जनताको आपसी हितका लागि दुई देशबीचको परम्परागत मैत्री र सहयोग निरन्तर कायम रहने विश्वास लिइएको छ।

ओलीलाई राजनीतिक स्थिरता र आर्थिक विकासको जिम्मेवारीमा सफलता प्राप्त होस् भनी कामना पनि सन्देशमा गरिएको छ। यसअघि भारत, चीन, पाकिस्तान, बंगलादेश लगायतका देशहरुले समेत ओलीलाई बधाई दिईसकेका छन् ।

पाक पोङ जु कोरियाको सत्तारुढ वर्कर्स पार्टीको सेन्ट्रल कमिटीका पोलिटिकल ब्युरोको अध्यक्ष मण्डलका सदस्य र उत्तर कोरियाको स्टेट अफेयर्स कमिसनका उपाध्यक्ष पनि हुन्।

ओली झैँ पाक पनि दोस्रो पटक सन् २०१३ मा प्रधानमन्त्री नियुक्त भएका हुन् । उत्तर कोरियाका प्रधानमन्त्रीमा कार्यकारी अधिकार हुँदैन तर सरकार प्रमुख उनै हुन्। समकक्षीका हैसियतमा ओलीलाई पाकले बधाई सन्देश पठाएका हुन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।