कांग्रेस एक्लियो : केन्द्रीय सरकारमा फोरम आउने, २ नम्बर प्रदेश सरकारमा बाम गठबन्धन मिसाउने
काठमाडौं। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपाल सरकारमा सहभागी हुने भएको छ ।
पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकमा राष्ट्रिय एकताको सन्देश दिन पनि आफ्नो पार्टी बाम गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुन तयार भएको बताएका हुन् ।
आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राष्ट्रिय सहमतिका लागि आफूहरुलाई केन्द्रिय सरकारमा सहभागी गराए बामगठबन्धनलाई पनि प्रदेश नम्बर २ को सरकारमा समेटने योजना रहेको खुलासा गरे ।
केन्द्रमा बाम गठबन्धन र प्रदेश २ मा आफूहरुलाई जनताले सरकार चलाउन म्यान्डेट दिएको सहअध्यक्ष श्रेष्ठको भनाई छ ।
सहअध्यक्ष श्रेष्ठले मुलुकलाई एकतावद्ध बनाएर लैजान बाम गठबन्धन नेतृत्वको सरकार तयार हुनुपर्ने पनि उल्लेख गरे ।


