पिपलको बिरूवामा पानी हालेर प्रधानमन्त्री ओली बालुवाटार सरे

काठमाडौं, फागुन ६ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ सरकारी निवास बालुवाटार सरेका छन्।

अपराहृन ४ बजे बालुवाटार जाने तय भए पनि प्रधानमन्त्री ओली साँझ साढे ६ बजे मात्र बालुवाटार प्रवेश गरेका हुन्।

बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका ओली आजबाट मात्र सरकारी निवासमा बस्न थालेका हुन्।

पिपलको बिरूवामा पानी हालेर ओली दम्पत्ति बालुवाटार प्रवेश गरेका हुन्।

उनलाई नेपाली सेनाको टुकडीले स्वागत गरेको थियो।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सर्वसाधरणसहित एमाले कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।

शुक्रबार निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार छाडेका थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।