मनोज पुन भारतको गोवाबाट पक्राउ
काठमाडौं, ७ फागुन । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका मनोज पुनलाई प्रहरीले पक्राउ गरेको छ ।
हत्या, चन्दाअसुली लगायतका अभियोग लागेका पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टालीले भारतको गोवाबाट सिआइबीले नियन्त्रणमा लिएको हो ।
पुनलाई फागुन ६ गते गोवाबाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दियो । रुपन्देहीका डीएसपी पवन कुमार भट्टरार्इले भने आफूलाई पुन समातिएको बारे जानकारी नभएको बताएका छन् ।
पुनले रुपन्दैहीमा दुई व्यवसायीको हत्या गरेका थिए । त्यस्तै उनले काठमाडौंका समिरमानसिंह बस्नेत समूहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याको समेत जिम्मा लिएका थिए ।


