एमाले र माओवादीबीचको एकतामा बाधक बनेको सैद्धान्तिकपक्ष टुंगियो, एकताको कुरा मिल्यो

काठमाण्डौं, ७ फागुन । एमाले र माओवादीबीचको एकतामा बाधक बनेको सैद्धान्तिकपक्ष टुंगिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज पार्टीका केही नेताहरुसँगको अनौपचारिक बैठकमा एकताका विषयमा देखिएको सैद्धान्तिक पक्ष हल भएको बताएका हुन् ।

अव दुवै पार्टीका मार्ग निर्देशक सिद्धान्त बहसमा जान्छन् र महाधिवेशनबाट हल हुन्छन ।’ बैठकमा सहभागी माओवादी नेता जनार्दन शर्माले भने । जुम्लामा उत्पादित रातो चामलको भात खाँदै केपी ओलीसँग ५ घण्टा वार्ता गरेपछि माओवादी अध्यक्ष प्रचण्ड सरकारमा सहभागिता हुन सहमत भएका छन् ।

प्रचण्ड ‘कन्भिन्स’ भएसँगै अब माओवादी केन्द्र सरकारलाई फ्लोरबाट मात्रै समर्थन गर्ने पूर्वअडानबाट पछि हटेको छ । गत बुधबार पार्टी एकताबारे सहमति हुन नसकेपछि माओवादीले सरकारमा आफ्नो दलबाट मन्त्रीहरु पठाएको छैन । एकता टुंगोमा नपुगे सरकारलाई बाहिरैबाट समर्थन गर्ने विकल्पबारे माओवादीमा छलफल चलेको थियो ।

र, यही कारण ओली सरकारको पहिलो क्याबिनेट माओवादीविहीन भयो । तर, आइतबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग झण्डै पाँच घन्टा भएको ‘वान टु वान’ वार्ता सकारात्मक रहेको माओवादी अध्यक्ष प्रचण्डले पार्टी नेताहरुलाई ब्रिफिङ गरेका छन् । र, अब सरकार बाहिरै बस्ने परिस्थिति टरेको प्रचण्डले पार्टी नेताहरुलाई बताएका छन् ।

सोमबार बिहान पार्टी नेताहरुसँग भएको आन्तरिक छलफलमा प्रचण्डले आजै ओलीसँग ‘वान टु वान’ वार्ता हुने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताबारे ठोस सहमति हुने ‘ब्रिफिङ’ गरेका छन् ।

प्रचण्डलाई उधृत गर्दै माओवादी नेताले दिएको जानकारी अनुसार जनताको बहुदलीय जनवाद, २१ औं शताब्दीको जनवाद, माओवाद लगायतका बैचारिक–राजनीतिक विषयमा आगामी महाधिवेशनसम्म छलफल गर्दै जान केपी ओली सहमत भएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।