मनोज पुनलाई १२ र सोम आलेलाई १० गोली, यसरी भएको थियो मनोज पुनको इन्काउन्टर

काठमाडौं । एक वर्षको बिचमा नै व्यवसायीहरु बीच आंतक बन्न पुगेका गुण्डा नाइके मनोज पुन बुधबार इन्काउन्टरमा मारिए । हत्या र असुलीको आतंक मच्चाउदै आएका पुनलाई पक्राउ गर्नकै लागि नेपाल प्रहरीले इन्काउन्टरमा दक्ष मानिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमुद ढुंगेललाई रामेछापबाट रुपन्देही सरुवा गरेको थियो ।

पुन रुपन्देहीमा नै रहेको सूचना पाएको प्रहरीले उनलाई कारवाही गर्नकै लागी गत साता जिल्ला प्रहरी कार्यालय रामेछापका इन्चार्ज डिएसपी ढुंगेललाई एक्कासी सरुवा गरेर जिल्ला प्रहरी कार्यालय रुपन्देही लगेको थियो । सरुवाको रहस्य बुधबार मात्र खुलेको छ । बुधबार बिहान ‘मोस्ट वान्टेड’ गुन्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी गोलीबाट ढल्नुमा उक्त सरुवाको सम्बन्ध देखिएको छ ।

हत्या र असुलीको आतंक मच्चाउदै आएका पुनलाई पक्राउ गर्नकै लागि डिएसपी ढुंगेललाई रुपन्देहीमा सरुवा गरिएको थियो । उनकै कमाण्डमा रहेको टिमसँगको मुठभेडमा पुन र आले मारिएका हुन् ।

तीन वर्षअघि इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी चरी पनि डिएसपी ढुंगेलले नै इन्काउन्टर गरेका थिए । त्यतिबेला उनी महानगरीय अपराध महाशाखामा प्रहरी निरीक्षक थिए । २०७१ साउन २१ मा भीमढुंगामा अधिकारीको मृत्यु भएको थियो । त्यतिबेला महाशाखाको प्रमुखमा पुष्कर कार्की थिए । संयोगवश उनै कार्कीले मनोज पुन इन्काउन्टरको पनि केन्द्रीय तहबाट समन्वय गरेका थिए । चरी र पुन दुवैलाई गोली हान्ने प्रहरी अधिकृतसमेत एकै जना भएको प्रहरी स्रोत बताउँछ ।

एक वर्षको अवधीमा नेपाल प्रहरीका लागि प्रमुख चुनौती बन्न पुगेका पुनले गत वर्ष पुस ५ गते रुपन्देहीको देवहदमा युवा संघका नेता दुर्गा तिवारीको हत्यापछि पुन आपराधिक दुनियाँमा चर्चाका पात्र बनेका थिए । तिवारीको हत्यालगत्तै उनले विदेशबाट फोन गरेर घटनाको जिम्मेवारी लिएका थिए । त्यसरी अपराधको जिम्मेवारी लिनुको उद्देश्य आतंक मच्चाएर पैसा असुल्नु थियो ।

तिवारीको हत्यालगत्तै उनले विदेशबाट रुपन्देहीका व्यवसायीलाई फोन गर्दै करोडौं माग्न थालेका थिए । पैसा नदिए तिवारीकै हालत बनाइदिने भन्दै धम्की दिन्थे । तिवारी हत्यापछि उनले रुपन्देहीबाट मात्र करोडौं असुलेका थिए ।

उनलाई पक्राउ गर्न प्रहरी असफल हुँदै गर्दा उनको आतंक देशभरि बढिरहेको थियो । उनले काठमाडौं, कपिलवस्तु तथा चितवनका व्यवसायीलाई समेत धम्काएर पैसा असुल्न थालेका थिए । इन्टरनेट कलमार्फत धम्की दिन्थे भने हुन्डीमार्फत दुबईमा फिरौती पठाउन लगाउँथे । अन्डरवल्र्ड शैलीमै अपराध गरेर उनी करोडौं उठाउन पनि सफल भएका थिए ।

पछिल्लो समय केही व्यवसायीले पैसा नदिएपछि उनले गत पुस २२ गते देवदहमा बसन्त पौडेलको हत्या गरेका थिए । पौडेलको हत्यापछि उनले घटनाको जिम्मेवारी लिएका थिए । त्यो घटनापछि रुपन्देहीका व्यापारीहरु थप आतंकित बन्न पुगे । तर, बुधबारदेखि मनोज पुनको आतंक बन्द भएको छ । उनकै गृहनगर रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट उनले ज्यान गुमाएका छन् । पुन र उनका प्रमुख सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा मारिएका हुन् ।

मनोज पुनलाई १२, सोम आलेलाई १० गोली

मनोज पुनलाई १२ गोली लागेको छ । अगाडीको भागमा ८ वटा, बायाँ तिघ्रामा २ वटा, पछाडि ढाडमा १ वटा, दायाँ हातको पाखुरामा १ गरी १२ गोली लागेको प्रहरीको मुचुल्कामा उल्लेख गरिएको छ।

पुनसंगै रहेका मुख्य सहयोगी सोम बहादुर आलेलाई १० गोली लागेको छ । उनको छातिमा ५ वटा, दायाँ खुट्टाको साप्रामा १ वटा, पेटको दायाँ भागमा १ वटा, ढाडको बायाँ साइटमा १ वटा र बायाँ कोखमा २ गरी १० गोली लागेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।