नेपाल बन्द ‘शानदार’ ढङ्गले सफल भएको विप्लवको दाबी, सार्वजनिक गरे अन्य यस्ता कार्यक्रम

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले मङ्गलबार आह्वान गरेको नेपाल बन्द ‘शानदार’ ढङ्गले सफल भएको दाबी गरेका छन् ।

उनले मङ्गलबार साँझ एक विज्ञप्ति’जारी गर्दै बन्द सफल पार्न साथ–सहयोग गर्ने राजनीतिक दल र आमजनताप्रति आभार प्रकट गरेका छन् ।

धन्यवाद वक्तव्यमा उनले राज्य आतङ्क र ओली सरकारको दमनविरुद्ध नेपाल बन्द आयोजना गर्नुपरेको उल्लेख गर्दै आमजनता, मित्र राजनीतिक दलहरू र नेता–कार्यकर्ताको सक्रियतामा बन्द शानदार सफल भएको दाबी गरेका छन् ।

साथै, ‘बन्दमा सहभागी नेता–कार्यकर्तालाई गिरफ्तारी प्रति खेद ब्यक्त गर्दै विप्लवले पक्राउमा परेका सुदर्शन, पदमलगायत बन्दका क्रममा गिरफ्तार भएका सबैलाई यथाशीघ्र मुक्त गर्न माग गरेका छन् ।उक्त मागको सुनुवाई नभएमा अझ विरोधका सशक्त कार्यक्रम ल्याइने चेतावनी पनि उनले दिएका छन् ।

सोही विज्ञप्तिमार्फत् विप्लवले भोली ९ गते बुधबार कोणसभा, १० गते अन्तरक्रिया, ११ गते प्रधानमन्त्री ओलीको पुत्ला दहन, १२ गते प्रदर्शन र १३ गते देशब्यापी ठूलो कार्यक्रम आयोजना गरिने जानकारी पनि दिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।