प्रदेश ६ लाई अर्गानिक प्रदेश बनाउने : प्रदेश सरकारको महत्वपूर्ण निर्णय नै भारतीय तरकारीमाथि प्रतिबन्ध

प्रदेश ६ लाई अर्गानिक प्रदेश बनाउने तयारी गरिएको छ । प्रदेश ६ को पहिलो मन्त्रिपरिषद् बैठकले नै अर्गानिक प्रदेशको आधार तयार गर्ने गरी निर्णयहरु गरेको हो ।

खाद्यान्न र तरकारी उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने, विषादी प्रयोगमा निषेध गर्ने, बाहिरबाट आउने विषादियुक्त तरकारीलाई प्रतिबन्ध लगाउने तयारी गरिएको प्रदेश सरकारकी प्रवक्ता बिमला केसीले जानकारी दिइन् ।

भूमि ब्यवस्थापन, कृषि तथा सहकारी मन्त्री समेत रहेकी प्रवक्ता केसीले अहिले आधार तयार गर्नका लागि मन्त्रिपरिषद्बाट केही निर्णय गरिएको भन्दै यसलाई दीर्घकालीन योजनाका रुपमा अघि बढाउने बताइन् ।

‘तत्काल त सम्भाना छैन्, हामीले अहिले आधार तयार गर्नका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेका छौं,’ मन्त्री केसीले भनिन्,’अब दीर्घकालीन योजना बनाएर काम सुरु गर्छौ ।’

उनका अनुसार प्रदेशमा कृषिलाई व्यवसायिकरण गरिने छ भने भारतीय बजारबाट आयात हुने विषाधियुक्त तरकारीलाई बिस्तारै प्रतिबन्ध लगाइने छ ।

प्रदेशलाई अर्गानिक प्रदेशका रुपमा चिनाउनका लागि मन्त्रिपरिषदको बैठकले रैथाने बालीको संरक्षण, व्यवसायिक खेती प्रणालीको प्रोत्साहन गर्ने निर्णय गरेको छ ।

यस्तै उच्च मूल्य कृषि बस्तुको उत्पादनमा बृद्धि, एक समूह एक सहकारी, एक सहकारी एक उत्पादनको नीति लिएर काम गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ । – न्युज२४बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।