स्कुल जादैं गरेकी १३ वर्षीया बालिका बाटोमै बलात्कृत

कञ्चनपुर । विद्यालय जाँदै गरेकी एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ कि १३ वर्षीया बालिका बाटोमै बलात्कृत भएकी हुन् ।

विद्यालय जाने बाटोमा पर्ने दुर्गादेवी सामुदायिक वनको जङ्गलमा पिछा गर्दै आएका विनोद चौधरीले बलात्कार गरेको बालिकाले बताएकी छिन् । बलात्कारको आरोपमा छिमेकी गाउँ मौवाफाँटाका २० वर्षीय चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

अर्धबेहोस अवस्थामा घर पुगेकी बालिकाले बताएको हुलियाका आधारमा प्रहरीले विनोदलाई महेन्द्रनगरबाट पक्राउ गरेको जनाएको छ । विनोदले बलात्कार गरेको स्विकारेको इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक मोहन साउदले बताएका छन् ।

विनोदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । थप अनुसन्धान भइरहेको र केही दिनमै मुद्दा दर्ता हुने उनले बताए । पीडित बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।