यसपाली नतिजा निकाल्न सक्ने मन्त्री चाहिने : प्रचण्ड
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी नेताहरुसँगको अनौपचारिक बैठकमा पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीको योग्यता सुनाएका छन् ।

उनले सरकारमा जाने नेता समृद्धि र विकासमा नतिजा दिनसक्ने योग्य, दक्ष र प्रतिबद्ध नेता सरकारमा सहभागी हुने सुनाएका हुन् ।
यसपाली नतिजा निकाल्न सक्ने मन्त्री चाहिने उनले सुनाए । आज विहान आफ्नो निजि निवासमा करिव एक दर्जन नेतासँग प्रचण्डले केपी ओली नेतृत्वको सरकारमा जाने मन्त्रीकाबारेमा बताएका थिए ।


