नक्कली कागजात बनाएर बैँकबाट डेढ करोड ठगी गर्ने पक्राउ

काठमाडौँ, ९ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैकिङ कसुरका एक अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ ।

ब्यूरोले आफ्नो हकभोग नभएको जग्गालाई नक्कली कागजात बनाएर आफ्नो हो भनी माछापुच्छ्रे बैँक, पुतलीसडक शाखाबाट रु एक करोड ४२ लाख कर्जा लिएका कामपा–३०, धोविधाराका अशोकहर्ष बज्राचार्यलाई मंगलबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले बैंकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा उच्च अदालत पाटनबाट सात दिनको म्याद थप भई बैकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आजदेखि अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।