अब विकासका लागि हरेक जमिनको टुक्रा र हरेक थोपा पानीको पनि उपयोग हुन्छ : प्रधानमन्त्री ओली

भोलि र पर्सीमा सरकार विस्तार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनभित्र सरकार विस्तार हुने बताएका छन्। काठमाडौंको दहचोकमा पर्यटन उत्सवको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार विस्तारबारे भने, ‘भोलि र पर्सीमा सरकार विस्तार हुन्छ। ’

कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको मुल प्राथमिकता नै समृद्धि र विकास भएकोले आफू हरतरहले जनतालाई यो उपलब्धीको अनुभुती गराउन प्रयत्नशिल रहने बताए। ‘मेरो हरेक पाइला विकासका लागि र विकासको बाटोमा हुनेछ’ प्रधानमन्त्री ओलीले भने ‘अब विकासका लागि हरेक जमिनको टुक्रा र हरेक थोपा पानीको पनि उपयोग हुन्छ।’

प्रधानमन्त्री ओलीले नेपालको ऐतिहासिक महत्वका किल्ला र गढीहरुको संरक्षण र पुननिर्माणको जिम्मा नेपाली सेनालाई दिने बताए। ‘युद्धसँग जोडिएका ति किल्लाहरुको महत्व, अपनत्व, ऐतिहासिकता, दुःखकष्टसँग सेना जोडिएको हुन्छ,’ प्रधानमन्त्री ओलीले ‘यस कामका लागि सरकारको पूर्ण सहयोग हुन्छ तर त्यसको अगुवाइ सेनाले गर्छ।’

दहचोकमै रहेको नेपाल एकिकरणका एक सारथी कालु पाण्डेको समाधि स्थलमा माल्यापर्ण गरेपछि महोत्सवको उद्घाटन गर्न पुगेका ओलीले नेपाल एकीकरणसँग जोडिएको यस ठाउँलाई ऐतिहासिक र पर्यटकीय स्थलको रुपमा समेत विकास सगर्नुपर्ने बताए। गतबर्ष देखि हरेक बर्षको फागुन ९ गते कालु पाण्डेको समाधिस्थल पुग्ने प्रतिवद्धता गरेका प्रधानमन्त्री ओलीले आगामी बर्ष आउँदा विकासमा यस ठाउँले फड्को मार्ने बताए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।