६० वर्ष काटेका जेष्ठ नागरिकलाई स्वास्थ्य र यातायातमा ५० प्रतिशत छुट गर्न सर्वोच्चको आदेश
काठमाडौं ,१० फागुन । ६० वर्ष काटेका जेष्ठ नागरिकलाई स्वास्थ्य संस्था र सार्वजनिक यातायातमा ५० प्रतिशत छुट हुने भएको छ ।
सर्वोच्च अदालतले स्वास्थ्य संस्था र सार्वजनिक यातायातमा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सम्बन्धित सरकारी निकायलाई अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चको आदेशले ६० वर्ष उमेर पुगेका जेष्ठनागरिकलाई स्वास्थ्य संस्था र यातायातमा छुट दिनु पर्ने छ ।
सर्वोच्चलेमन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित १० सरकारी निकायका नाममा अन्तरिम आदेश गरेको हो ।
बुटवल उपमहानगरपालिका–७, दीपनगर का नित्यानन्द पाण्डेयले जेष्ठ नागरिकलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने व्यवस्थाको कार्यान्वयन नभएको भन्दै सर्वोच्च आदालममा रिट निवेदन दिएका थिए ।


