दिउँसो बोलाइएको एमाले स्थायी समिति बैठक ५ बजेलाई सर्यो
काठमाडौँ, १० फागुन । बिहीबार दिउँसो बोलाइएको नेकपा एमालेको स्थायी समिति साँझ पाँच बजेसम्मका लागि सरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बस्ने बैठकमा सरकार विस्तार, पार्टी एकता र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
बैठकमा सरकारमा क–कसलाई पठाउने भन्ने विषयमा छलफल हुनेछ । साथै, पार्टी एकताका लागि गठन भएको कार्यदलमा गर्नुपर्ने कामका विषयमा पनि केही कुरा हुनसक्ने नेताहरुले बताएका छन् । बिहीबार मात्रै बालुवाटारमा एमाले–माओवादी संयुक्त कार्यदलको बैठक बसेको थियो ।
कार्यदल बैठक अघि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो । दुवै नेता आ–आफ्नो पार्टीभित्र छलफल गरि बिहीबार नै मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा रहेको बुझिएको छ ।
बिहीबार नै सरकार विस्तार गर्ने भनिएपनि एमाले बैठकका कारण सम्भावना कम देखिएको छ । अहिलेसम्म सरका विस्तारको कुनै तयारी नभएको बालुवाटार स्रोतले जनाएको छ ।


