माओवादी केन्द्र बाट बिना मगर मन्त्री !

काठमाण्डौ, १० फागुन । नेकपा माओवादी केन्द्रकी सांसद बिना मगर मन्त्री बन्ने भएकी छन् ।

प्रदेश नम्बर ७ बाट नेकपा माओवादी केन्द्रकी एक्ली महिला सांसद मगर मन्त्री बन्ने भएकी हुन् । नेकपा माओवादी केन्द्रका सात नम्बर प्रदेश ईन्चार्ज लेखराज भट्टले बिहीबार खुमलटार पुगेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष बीनाको नाम केपी ओली नेतृत्वको सरकारमा मन्त्रीका लागि सिफारिस गरेका हुन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट वाम विजयी भएकी मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला पनि हुन् । माओवादीको भागमा परेका सात मन्त्रालयमध्ये प्रदेश ७ बाट भट्ट नै मन्त्री बन्ने चर्चा चलिरहेको थियो । तर उनले बीनाको नाम प्रदेश ७ बाट मन्त्रीका लागि पार्टी अध्यक्षकहाँ सिफारिस गरेका हुन् ।

कैलाली निर्वाचन क्षेत्र नं ५ बाट उठेकी आरजु राणा देउवा र कैलालीकै निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा रहेकी वाम गठबन्धनकी उम्मेदवार गरिमा शाह पराजित भएपछि बीनामात्रै प्रदेश ७ बाट प्रतिनिधि सभामा विजयी भएकी एक मात्र महिला सांसद हुन् । मगरले दशवर्षे जनयुद्धका क्रममा २७ महिने हिरासत जीवन बिताएकी थिइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।