मन्त्रालयको भागबन्डामा कुरा मिल्यो, कसलाई कुन मन्त्रालय ?

काठमाण्डौ, १० फागुन । नेकपा माओवादी केन्द्र नेकपा एमालेबीच मन्त्रालयको भागबन्डा मिलेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट स्रोतका अनुसार माओवादी केन्द्रको भागमा गृहसहित ७ वटा मन्त्रालय भाग लागेको छ । त्यस्तै एमालेका भागमा ११ वटा मन्त्रालय परेको छ ।

माओवादी केन्द्रको भागमा गृह, उर्जा जलविद्युत तथा नविकरणीय, शहरी विकास, आवास खानेपानी तथा सरसफाइ, वन वातावरण जलवायु परिवर्तन, श्रम रोजगार तथा महिला बालबालिका जेष्ठ नागरिक, कृषी, सिँचाइ खाद्य सुरक्षा सहकारी तथा भूमिसुधार र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय भागमा परेको छ ।

एमालेको भागमा अर्थ तथा योजना, रक्षा, भौतिक पूर्वाधार यातायात, सूचना सञ्चार तथा विज्ञान प्रविधि मन्त्रालय, शिक्षा खेलकुद तथा संस्कृती, स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन, कानुन तथा न्याय संसदीय मामिला, परराष्ट्र मन्त्रालय र पर्यटन मन्त्रालय परेको छ ।

माओवादी नेतृत्वले गृह र अर्थ एमालेले दिने सहमति गरेपछि माओवादीमा चर्को विरोध भएको थियो । दोस्रो पुस्ताका नेताहरुले गृह कुनै पनि हालतमा एमालेलाई नदिन दबाब दिएपछि गृहमन्त्रालय माओवादी केन्द्रको भागमा परेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।