राष्ट्रपतिको चुनाव फागुन २९ गते !, यस्तो छ सार्वजनिक गरिएको निर्वाचन कार्यक्रम

काठमाडौं, फागुन १० । नयाँ राष्ट्रपति चयनका लागि फागुन २९ गते चुनाव हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले फागुन २९ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

आयोगका अनुसार चुनाव भएकै दिन बेलुका ४ बजेपछि मतगणना हुनेछ । राष्ट्रपति चुनावका लागि २१ गते मतदाता नामावली प्रकाशन गर्ने, २२ गते मतदाता नामावलीमा छुट नाम समावेश गर्न तथा विवरण सच्याउन दरखास्त दिने साथै मतदाता नामावली माथि दावी विरोध गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र त्यही दिन मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ । आयोगले मनोनयनपत्र दर्ता भएकै दिन उम्मेदवारको दावी विरोधमा उजुरी दिने कार्यतालिका तोकेको छ ।

२४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र त्यसै दिन उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशनको कार्यतालिका रहेको आयोगले जनाएको छ ।

राष्ट्रपति चुनावको परिणाम सार्वजनिक भएपछि मात्र उपराष्ट्रपति चुनावका लागि मिति तोकिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।