दाङबाट काठमाडौं हिँडेकी २१ वर्षीया युवती बसभित्रै बलात्कृत !

दमौली । फागुन ४ गते २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले बसका चालक तथा सहचालकविरुद्ध जर्बजस्ती करणी मुद्दा दर्ता गरेको छ।

काठमाडौं जाने भनी दाङको लमहीबाट ना ५ ख ५३६८ नम्बरको बसका चालक तथा सहचालकले काठमाडौं नलगी आँबुखैरेनी गाउँपालिका वडा २ ऐनापहरामा पुर्याएर बसभित्रै बलात्कार गरेको उजुरी पीडितले दिएकी थिइन्। पवन पौडेलले अन्नपूर्ण पोष्टमा लेखेका छन ।

सुरुमा बसमा धेरै मानिस भएको तर, मुग्लिनमा सबै झरेपछि बस मोडेर आँबुखैरेनीको ऐनापहरातर्फ मोडेको खुलेको छ। युवतीले बम मोडेको थाहा नपाउँदा फसेको प्रहरीको भनाइ छ।

युवतीले घटनाको भोलिपल्ट मौखिक उजुरी दिएपछि तनहुँ प्रहरीले दोषीको खोजतलास थालेको र चालक तथा सह चालक दुवैलाई चितवनको नारायणगढबाट पक्रिएको प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए।

खोजतलास पश्चात बसका चालक लमजुङ राईनास नगरपालिका ८ घर बताउने ३३ वर्षका बिष्णु सापकोटा तथा सह चालक दाङ बिजौरिया १ स्थायी घर बताउने ३४ वर्षका वेदराज डाँगीविरुद्ध जर्बजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धानका लागि थुनामा राखिएको प्रहरी उपरीक्षक जोशीले बताए।

उनीहरुविरुद्ध तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जोशीले बताए। साँझको समयमा चालक र सहचालकले बन्धक बनाएर बलात्कार गरेपछि युवतीलाई त्यही छोडेका थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।