पुत्रवियोगको पीडा नसकिँदै प्रचण्डलाई अर्को ठूलो पीडा !

काठमाडौँ । पुत्रवियोगको पीडा नसकिँदै माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई अर्को पीडादायी स्थिति थपिएको छ ।

केही वर्षअघि आफ्नी प्रिय पुत्री र यसै वर्ष आफ्नो एक मात्र छोरा गुमाएका प्रचण्डलाई थपिएको अर्को पीडा पत्नीको कारणले हो । पहिले पनि अलिक असामान्य मानिने प्रचण्डपत्नी सीता दाहाल छोरा प्रकाशको निधनपछि झनै असामान्य बनेकी छिन् ।

एकैछिन अघि भेटेको मान्छे कुरा गर्दागर्दै नचिन्ने, पुराना कुराहरू सम्झने तर तत्कालका सन्दर्भ बिर्सने, एक्लै पनि बर्बराइरहनेजस्ता समस्या देखिएपछि केही साताअघि सीतालाई उपचारका लागि भारत पुऱ्याइएको थियो ।

चिकित्सकहरूले उनलाई अल्जाइमर भएको आशङ्का गरेका छन् । अल्जाइमर दिमागी रोग हो र यो रोग लाग्ने मानिसले शुरुशुरुमा असामान्य व्यवहार देखाउन थाल्छन् ।

रोग बढ्दै जाँदा धेरै पुराना कुराहरू सम्झने, तर अहिले के गर्दै छु भन्ने थाहा नपाउने स्थिति हुन्छ र, त्यस्तो चरणमा प्रवेश गरेपछि नित्य कर्म गर्ने हेक्कासमेत रोगीमा रहँदैन ।

यो रोग लागेका बिरामी शारीरिक रूपमा ठिकै रहने हुँदा उनीहरू लामै आयु बाँच्ने हुन्छन् । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको लामो समयसम्म थलिएर यसै रोगबाट मृत्यु भएको थियो ।

भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपायी पनि अल्जाइमरकै कारण लामो समयदेखि ओछ्यान परेका छन् । सीता दाहालमा समेत यस रोगका लक्षणहरू देखिन थालेपछि पुत्रसुखबाट वञ्चित प्रचण्ड पत्नी जीवित हुँदाहुँदै पत्नीसुखबाट समेत वञ्चित हुने स्थितिमा पुगेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।